×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ५६५९ मतान्तरले अगाडि

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ५६५९ मतान्तरले अगाडि

काठमाडाैँ-  कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ । 

बिहान सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १० हजार ८२५ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् । हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्