काठमाडौँ- सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार सूचना जारी गरी गृहमन्त्रालयले उधौली पर्व‚ योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘वि.सं. २०७८ साल पौष ४ गते आइतबारका दिन उधौली पर्व‚ योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ‚’ सूचनामा उल्लेख गरिएको छ ।