×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा काेराेना : एकैदिन ९३४ संक्रमित थपिए, एक जनाको मृत्‍यु

नेपालमा काेराेना : एकैदिन ९३४ संक्रमित थपिए, एक जनाको मृत्‍यु

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जना गरी जम्मा ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमितको मृत्यु भएको छ । सोमवार थपिएकासँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ । मन्त्रालयका अनुसार १० वर्ष मुनिका १० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्