×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधान मन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधान मन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ९ बजे बस्ने गरी बोलाइएको हो ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचन लगाएतकाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताइएको छ । समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको थियो ।

त्यसअघि प्रधान मन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । यसअघिको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको थिएन । पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि प्रधान मन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

ओलीलाई भेटेको दुई सातापछि देउवाले फेरि सर्वदलीय बैठक डाकेका हुन् । एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्