×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने निर्यण

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने निर्यण

काठमाडौं-रकम अभावका कारण रोकिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ । सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरेर अलपत्र अवस्थामा रहेको रंगशालाको निर्माण कार्य अघि बढाउने अन्तिम तयारी गरेको हो । 


‘भरतपुर महानगरले निर्णय गरेर मन्त्रीपरिषद्मा लैजाने र सरकारले ऋण सहितको स्वामित्व लिएर आफै रंगशाला निर्माण गर्ने गरि तयारी अघि बढेको छ । केही दिनमै मन्त्री परिषद्बाट औपचारिक निर्णय हुन्छ ।’ भरतपुर महानगर स्रोतले खेलपाटीसँग भन्यो । 


धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकिएको उल्लेख गर्दै सहमती अनुसार स्वामित्व लिन भरतपुर महानगरलाई अनुरोध गरेको थियो । महानगरले समेत औपचारिक निर्णय गरेर स्वामित्व ग्रहणको प्रक्रिया अघि बढाएको थियो ।

‘ऋण सहितको दायित्व सरकारले लिने र फाउन्डेसनलाई अनुदान दिएर ऋण चुक्ता गर्ने गरि मस्यौदा तयार भएको छ । मन्त्रीपरिषद्ले ऋण चुक्ता र निर्माणको प्रस्ताव एकै चोटी पारित गर्ने तयारी छ ।’ महानगर स्रोतले भन्यो ।

धुर्मुस सुन्तलीको ऋण सरकारले तिरिदिने बताएपनि निर्माणको दुई मोडालिटीमा छलफल भैरहेको छ । निर्माणको बाँकी काम संघीय सरकार आफैले बनाउने वा प्रदेश सरकारले निर्माणको जिम्मेवारी लिएर संघीय सरकारले ससर्त अनुदान दिने भन्ने विषय छलफलमा छ । बागतमी प्रदेश सरकार आफै निर्माणको जिम्मेवारी लिएर अन्तराष्ट्रिय क्रिकेट रंगशालामा काम गर्न इच्छुक देखिएको छ । 

साढे ३ अर्व लागतको परियोजनामा ५४ करोड रुपैयाँ खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनको जनाएको छ ।

कोभिडका कारण बिग्रिएको आर्थिक अवस्थाका कारण १८ करोड ऋण लागेको फाउन्डेसनले बताउने गरेको छ । रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशतको काम सकिएको फाउन्डेनको दाबी छ । 
 

प्रतिकृया दिनुहोस्