×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक

‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौंँ- युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले संगीतवद्ध गरेको गीतमा राहुलप्रधानले संगीत संयोजन गरेका छन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन्। विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गरेका छन् ।

भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन् । केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । संगीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्