×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ग्लोबल टी २० : सर्रेको पहिलो जित,सन्दीपको २ विकेट

ग्लोबल टी २० : सर्रेको पहिलो जित,सन्दीपको २ विकेट

काठमाडौं - नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको आबद्ध सर्रे जगुआर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा पहिलो जित हात पारेको छ ।

तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा सर्रेले टोरोन्टो नेशनललाई २० रनले पराजित गरेको छ ।

वर्षाका कारण खेल १८ ओभरमा छोट्टाईएको थियो ।

सर्रेले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाँउँदै १ सय ४१ रन बनायो ।

सन्दीप लामिछानेले ४ ओभरमा मात्रै २२ रन खर्चेर २ महत्वपुर्ण विकेट लिए ।

प्रतिकृया दिनुहोस्