×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि

धनगढी - धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२२ नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै अस्पतालमा उपचाररत एक जना संक्रमित निको भई घर फर्किएका छन् । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये ३ जना आइसियु र १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसै गरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर ४ का ५७ बर्षीया महिलाको मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस्