×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २१ जनामा कोरोना संक्रमण, ३१९ जना निको

थप २१ जनामा कोरोना संक्रमण, ३१९ जना निको

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३१९ जना निको भएका छन् भने हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार २०६ जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४६६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार १४२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्