×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विमान दुर्घटनामा निधन भएका पत्रकार पौडेलको शव श्रद्धाञ्जलीमा सयौंका संख्यामा शुभचिन्तकहरु भेला

विमान दुर्घटनामा निधन भएका पत्रकार पौडेलको शव श्रद्धाञ्जलीमा सयौंका संख्यामा शुभचिन्तकहरु भेला

काठमाडौँ- यती एयरको विमान दुर्घटनामा परेर निधन भएका पत्रकार त्रिभुवन पौडेलको शव श्रद्धाञ्जली अर्पण गर्न सयौंका संख्यामा शुभचिन्तकहरु महासंघमा भेला भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी, पत्रकारका संगठनहरू र शुभचिन्तक श्रद्धाञ्जली सभामा भेला भएका हुन् । महासंघ प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका उनको श्रद्धाञ्जलीपश्चात् शवयात्रा गर्दै रामघाटमा अन्त्येष्टि गरिनेछ ।

पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।

प्रतिकृया दिनुहोस्