×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता

अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् । 

अस्थायी,  करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई स्वतः स्थायी गरिनुपर्नेलगायतका माग पूरा गराउने विषयमा आफू प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ । श्रमिकको हकहित र सामाजिक न्याय तथा उनीहरुको आत्मसम्मानका लागि आफूहरुले धेरै संघर्ष र बलिदान गरेको भन्दै उनले सामाजिक न्याय र सुरक्षाका लागि आवश्यकताका आधारमा संविधानलाई परिमाजर्नन र विकसित गर्नुपर्ने प्रचण्डको भनाइ छ ।  

 

 

प्रतिकृया दिनुहोस्