×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २७ जना कोरोना सङ्क्रमित, २६ सङ्क्रमण मुक्त

थप २७ जना कोरोना सङ्क्रमित, २६ सङ्क्रमण मुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८६७ पीसीआर परीक्षण गर्दा २५ जना र ६७९ एन्टीजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २६ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, हाल मुलुकमा ५६९ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिकृया दिनुहोस्