×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वोच्चप्रति माधव नेपालको कटाक्ष : राज्यका कुनै पनि निकाय विकासको बाधक हुनु हुँदैन

सर्वोच्चप्रति माधव नेपालको कटाक्ष : राज्यका कुनै पनि निकाय विकासको बाधक हुनु हुँदैन

काठमाडौँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् ।

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको हो । छलफलमा सहभागी नेता नेपालले सर्वोच्चबाट आएको फैसलाबाट स्तब्ध भएको बताए । ‘सर्वोच्चबाट जे आयो, म स्तब्ध छु । यो विकासको बाधक हुन्छ,’ उनले भने, ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भने ।

उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे । ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ,’ उनले भने, ‘म कम्तीमा ६ पटक निजगढ विमानस्थल निरीक्षणमा पुगेको छु । जंगल भनिएको छ । के त्यहाँ जंगल छ ? जंगल नै छैन, वन विनास भैरहेको कसरी भयो ?’ उनले प्रश्न गरे ।

पोखराको, भैरहवाको एयरपोर्टले काठमाडौँको विकल्प दिन नसक्ने भन्दै उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा जोड दिए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको बताउँदै उनले भने, ‘यो ढिला विभिन्न कारणले भएको छ, बरु छिटो अगाडि बढाउनुपर्छ।’

प्रतिकृया दिनुहोस्