×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पीएम कप क्रिकेट : पुलिसद्वारा आर्मी पराजित

पीएम कप क्रिकेट : पुलिसद्वारा आर्मी पराजित

काठमाडौं - त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। 
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले आर्मीलाई ४ विकेटले पराजित गरेको हो। 

आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य पुलिस क्लबले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिस क्लबका ओपनर कुशल भुर्तेल ३५, रसिद खानले २८ रन दिए। दिलिप नाथ २५ र योगेन्द्र सिंह कार्की ९ रनमा नटआउट रहे। 

आर्मीका शाहब आलमले ३, जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले एक विकेट झारे। 

त्यसअघि पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले १९ दशमलव ५ ओभरमा १ सय ३७ रन बनाउँदा अलआउट भयो। 

आर्मीका कप्तान विनोद भण्डारीले ४४ रनको योगदान दिए। सोमपाल कामीले ४२ रन थपे। कुशल मल्ल र सुशन भारीले समान १२ रन बनाए। 

आर्मीलाई रोक्न करण केसी एक्लैले ४ विकेट झारे। करणले आफ्नो स्पेलमा १७ रन खर्चे। 

गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान २ तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

प्रतिकृया दिनुहोस्