×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बेन्जेमाको ह्याट्रिकमा रियलद्वारा चेल्सी पराजित

बेन्जेमाको ह्याट्रिकमा रियलद्वारा चेल्सी पराजित

एजेन्सी - करिम बेन्जेमाले ह्याट्रिक गरेपछि  रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीमाथि सानदार जित निकालेको छ।

साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा रियलले ३–१ गोल अन्तरमा हराएको हो। 

चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काए। 

घरेलु टोलीविरुद्ध रियलले २१औं मिनेटमा अग्रता लियो। भिनिसियस जुनियरको पासमा करिम बेन्जेमाले हेडरमार्फत गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाए।
खेलको २४ औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै ३ मिनेट पछिनै रियलको अग्रता दोब्बर पारे। 

४० औं मिनेटमा घरेलु टोलीका काई हाभर्टजले गोल गर्दै खेललाई पहिलो हाफमा २-१ को स्थितिमा ल्याए।

दोस्रो हाफको शुरूमै ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियलको अग्रता ३-१ मा पुर्‍याए। त्यसपछि दुवैतर्फबाट गोलका केही प्रयास भए पनि सदुपयोग हुन नसक्दा रियल विजयी हुन सफल भयो।

यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ। चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा ३–० को जितको खाँचो छ।

प्रतिकृया दिनुहोस्