×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देशभरका करिब ६ हजार वडामा इन्टरनेट जडान सम्पन्न

देशभरका करिब ६ हजार वडामा इन्टरनेट जडान सम्पन्न

काठमाडौं - ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशभरका करिब छ हजार वडा कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरण जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लाे प्रतिवेदन अनुसार कोषको रकम परिचालन गरी देशका पाँच हजार ९३३ वडा कार्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न गरिएको छ ।

प्राधिकरणले कोषमार्फत उपलब्ध गराउने १८ ओटा प्याकेजहरू मार्फत ७४ जिल्लाहरूका तोकिए बमोजिमका वडा कार्यालयहरूमा इन्टरनेट जडान गरिएको हो । यसका साथै हालसम्म ७०८ स्थानीय कार्यालय, पाँच हजार ३१८ सामुदायिक माध्यमिक विद्यालय र चार हजार २४९ सामुदायिक स्वास्थ्य संस्थाा/अस्पतालमा ब्रोडब्यान्ड जडान सम्पन्न भएका छन् ।

यी सबै गरेर हालसम्म कूल १६ हजार २०८ स्थानमा ब्रोडब्यान्ड जडान भएको प्रतिवेदनमा उल्लेख छ ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म १४ ओटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको कार्य सम्पन्न भइसकेको र चार ओटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस्