काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे निर्वाचित भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै पहिलो पटक जित निकालेका हुन् । एमालेका गैरेले २७ हजार ८१७ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको समर्थन पाएका पाण्डेयले २३ हजार ८५१ मत ल्याए । पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८० मत पाए ।