यस साता शेयर लगानीकर्ताहरुका लागि दुखद साता रहेको छ । देशभर बाढि पहिरोको दुखद खबर आइराख्दा शेयर लागनीकर्ताहरु पनि डुबानमा परेका छन् ।
यस साता शेयर बजार परिसूचक नेप्सेमा १५३ दशमलव २३ अंकको उतारचढाव देखिएको छ । यस साता नेप्सेले सर्वाधिक २९७८ दशमलव २६ को विन्दु चुमेको थियो भने सबैभन्दा कम २८२५ दशमलव ०३ को विन्दु छोएको थियो ।
यस साताको पाँच कारोबार दिनमध्य चार दिन शेयर घट्दा मंगलबार एकदिन मात्र शेयर बजार बढेर बन्द भएको थियो ।
चार कारोबार दिन घटेको बजार समग्रमा १२५ दशमलव ४३ अंकले घटेको छ । एक सातामा शेयर बजार ४ दशमलव २३ प्रतिशतले घटेको हो ।
अघिल्लो साता शेयर बजार परिसूचक नेप्से २९६८ दशमलव ४३ अंकको विन्दुमा बन्द भएको छ । यस साताको अन्त्यमा शेयर बजार ४ दशमलव २३ प्रतिशतले घटेर २८४३ दशमलव ०० अंकको विन्दुमा बन्द भएको छ ।
यस साताको पाँच कारोबार दिनमा कुल पाँच लाख ३८ हजार २२६ पटकको व्यापारमा १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयरको खरिदविक्री हुँदा ४९ अर्ब १२ करोड १० लाख ९ हजार ३३८ रुपैयाँ ५ पैसा बराबरको कारोबार भएको छ ।
यस साताको पाँच कारोबार दिनमा लगानीकर्ताको सम्पती भने भारी रकमले घटेको छ ।
गत साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण ४१ खर्ब ३९ अर्ब २८ करोड ८५ लाख ३० हजार रुपैयाँ कायम भएको थियो । उक्त बजार पूँजीकरण यस साता एक खर्ब ८९ अर्ब ६६ करोड ९३ लाख ३० हजार रुपैयाँले घटेर ३९ खर्ब ३९ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ कायम भएको छ ।
पाँच कारोबार दिनमा कुन दिनको कारोबार कस्तो ?
आइतबार
आइतबार शेयर बजार एकैदिन ६३ अंकले झरेको थियो । आइतबार शेयर बजार परिसूचक नेप्से ६३ दशमलव ११ अंकले घटेर २९०५ दशमलव ३२ अंकको विन्दुमा बन्द भएको थियो । दुई प्रतिशत भन्दा धेरैले घटेको बजारमा शेयर बजारका सम्पूर्ण परिसूचकहरु २ प्रतिशत भन्दा धेरैले नै घटेको थियो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि २ दशमलव ३२ प्रतिशतले घटेर ५२८ दशमलव ५५ अंकको विन्दुमा बन्द भएको थियो ।
आइतबार दुई सय ३१ कम्पनीको एक लाख २८ हजार २८१ पटकको व्यापारमा दई करोड ७३ लाख ४४ हजार ५११ कित्ताको खरिदविक्री हुँदा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो । २.१३ प्रतिशतले घटेको बजारमा ५ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ७५ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी तीन कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
सोमबार
यस साताको सुरुवातदेखि नै शेयर बजार घट्दोक्रममा देखिएको थियो । साताको पहिलो दिन ६३ दशमलव ११ अंकले घटेको बजार दोस्रो दिन ७१ दशमलव ०६ अंकले ओरालो लागेको थियो । सोमबार शेयर बजार परिसूचक नेप्से ७१ दशमलव ०६ अंकले घटेर दुई हजार ८३५ दशमलव ४१ अंकको विन्दुमा बन्द भएको थियो । दुई प्रतिशत भन्दा धेरैले बजार घट्दा शेयर बजारका सम्पूर्ण परिसूचकहरुमा पनि रातो पोतिएको थियो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ८.३७ अंकले ओरालो लागेको थियो ।
सोमबार दुई सय २७ कम्पनीको एक लाख २७ हजार ८३७ पटकको व्यापारमा दुई करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयरको खरिदविक्री हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो । सोमबार बजार ओरालो लाग्दा मार्केट क्यापिटलाइजेशन पनि ४० खर्ब भन्दा तल झरेको थियो । सोमबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाख ३२ हजार ६८० रुपैयाँ ५ पैसा कायम भएको थियो । २.४५ प्रतिशतले घटेको बजारमा चार कम्पनीको शेयर मूल्य घट्दा एक सय ७८ कम्पनीको शेयर मूल्य बढेको थियो । बाँकी एक कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
मंगलबार
यस साताको सुरुवातदेखि निरन्तर घटेको बजार साताको तेस्रो दिन मंगलबार भने केहि थामिएको थियो । मंगलबार शेयर बजार परिसूचक नेप्से ७९ दशमलव ४३ अंकले बढेर दुई हजार ९१३ दशमलव ८४ अंकको विन्दुमा बन्द भएको थियो । शेयरबजार बढ्दा शेयरबजारका सम्पूर्ण परिसूचकहरु पनि दुई प्रतिशत भन्दा धेरैले बढेका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ३ दशमलव १० प्रतिशतले बढेर पाँच सय ३६ दशमलव २५ अंकको विन्दुमा बन्द भएको थियो ।
मंगलबार दुई सय २५ कम्पनीको एक लाख १२ हजार ५० पटकको व्यापारमा एक करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयरको खरिदविक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको थियो । २.८० प्रतिशतले बढेको बजारमा एक सय ७५ कम्पनीको शेयर मूल्य बढ्दा ६ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी दुई कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
बुधबार
मंगलबार करिब ८० अंकले बढेको बजार आर्को दिन ५३ दशमलव ८८ अंकले घटेको थियो । शेयर बजारको भाषामा मंगलबारको बजारलाई कतिले डेड क्याट बाउन्सको संज्ञा दिएका थिए । यानीकी मरेको बजारमा कृतीम उछाल । बुधबार शेयर बजार अर्धशतकिय अंकले घटेको थियो । बुधबार शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ८८ अंकले घटेर दुई हजार ८५९ दशमलव ९६ अंकको विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव ४० प्रतिशतले घटेर ५२८ दशमलव ८२ अंकको विन्दुमा बन्द भएको थियो ।
बुधबार दुई सय १८ कम्पनीको ९१ हजार ७५ पटकको व्यापारमा एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयरको खरिदविक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो । बुधबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ३८ हजार १५७ रुपैयाँ कायम भएको थियो । १ दशमलव ८५ प्रतिशतले घटेको बजारमा १५ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६५ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी तीन कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
बिहीबार
बिहीबार शेयर बजार परिसूचक नेप्से १६ दशमलव ९६ अंकले घटेर २ हजार ८४३ दशमलव ९६ अंकको विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु पनि राताम्मे देखिएका थिए । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ० दशमलव ६० प्रतिशतले घटेर ५२५ दशमलव ६५ अंकको विन्दुमा बन्द भएको थियो ।
बिहीबार दुई सय १९ कम्पनीको ७८ हजार ९८३ पटकको व्यापारमा एक करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयरको खरिदविक्री हुँदा सात अर्ब तीन करोड ३६ लाख तीन हजार ७३९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो । साताको अन्तिम दिन बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब ४९ अर्ब ६१ करोड ९१ लाख ९७ हजार ५६८ रुपैयाँ कायम भएको थियो । ० दशमलव ५९ प्रतिशतले घटेको बजारमा २७ कम्पनीको मूल्य बढ्दा एक सय ४७ कम्पनीको मूल्य घटेको थियो । बाँकी ९ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।