×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘झिंगेदाउ’को नयाँ गीतमा अञ्जु र सुरेशको स्वर, आँचल र कुशलको छमछमी

‘झिंगेदाउ’को नयाँ गीतमा अञ्जु र सुरेशको स्वर, आँचल र कुशलको छमछमी

काठमाडौं- यही भदौं १७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘टलटल टलक्कै’बोलको गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

भिडियोमा अभिनेत्री आँचल शर्मा र नव अभिनेता कुशल विष्टले कम्मर मर्काएका छन् । केकी अधिकारी र मुकुन भुसालको विवाहको माहोलमा गीत खिचिएको छ । रामजी लामिछानेले गीतको नृत्य निर्देशन गरेका हुन् । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’मा केकी, मुकुन, आँचल र कुशलका साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बरालको पनि अभिनय छ । भीमनिधि तिवारीको कथा कृतिमा आधारित चलचित्रको पटकथा एवं संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस्