×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज विदेशी मुद्राको विनिमयदर कति ?

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर १२२ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरो एकको खरिद दर १२९ रुपैयाँ ६१ पैसा र बिक्री दर १३० रुपैयाँ २५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ०७ पैसा र बिक्री दर १५४ रुपैयाँ ४५ पैसा छ । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ७६ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०३ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६२ पैसा छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्