काठमाडौँ- भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका-५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङ रहेका छन् ।
लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रुपैयाँ दिन्छु भनी प्रहरीलाई प्रलोभनमा पार्न खोजेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नगद ५७ हजार ५०० रुपैयाँ र दुई थान मोबाइल फोनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।