×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोगको निर्देशनपछि फेरि बढ्यो गण्डकीमा करका दर

निर्वाचन आयोगको निर्देशनपछि फेरि बढ्यो गण्डकीमा करका दर

पोखरा-  गण्डकी प्रदेश सरकारले चालू वर्ष लागेपछि ३ सय २८ प्रतिशत भन्दा बढी करका दर बढायो । चौतर्फी आलोचना र विरोध भयो । निर्वाचनको सम्मुखमा कर बढाउँदा मत नआउने संकेत पाएपछि सरकार आफ्नै निर्णयबाट पछि हट्दै बढेको कर अघिल्लो वर्षकै अवस्थामा कायम गर्ने निर्णय गर्‍यो । 

कात्तिक १ गतेदेखि लागू हुने गरी प्रदेशमा कर घटेको थियो । तर निर्वाचनको मुखमा कर घटाउने निर्णय गलत हुने भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि सरकारले पुनः बढेकै कर लिन थालेको छ । कात्तिक ४ गते पहिलो पटक र बुधबार दोस्रो पटक कर घटाउने निर्णय बारे आयोगले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको पत्र अनुसार नै करको दर घटाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । अब सरकारले कर घटाउने निर्णय खारेज गरेको जानकारी आयोगमा पठाइने कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्