काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८ रुपैयाँ ६५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८७ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।