काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेले पार्टी सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा व्यक्त गरेको धारणाको आफूले जिम्मेवारी लिन नसक्ने बताएका छन् । रास्वपाका केन्द्रीय सदस्य रहेका पाण्डेले पार्टीले गरेको निर्णयको मात्रै जिम्मेवारी आफूले लिने भन्दै पत्रकार सम्मेलनमा सभापति लामिछानेले व्यक्त गरेका धारणाबाट आफू अलग रहेको बताए ।
'हो, आइतबार रास्वपाले गरेको निर्णयमा मेरो सहमति छ । हामीले व्यापक छलफल गरेका थियौं', पाँडेले ट्विट गर्दै भनेका छन्, 'तर म पत्रकार सम्मेलनको तयारीको अंश थिइनँ र त्यसको कथ्य, त्यसको धारणा र त्यसको कमजोरीमा मेरो स्वामित्व छैन ।'
उनले युवा, सीमान्तकृत र नेपालको आशाका लागि रास्वपाका एक नेताको भावनाभन्दा माथि उठ्नु पर्ने बताए । रास्वपाले गृह मन्त्रालय नपाएपछि आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
Yes I co-own RSP’s decision on Sunday - we discussed extensively. No I was not part of the press conf. prep. & I don’t co-own the narrative, its delivery & its omissions. RSP must rise above one leader's emotions to stand for the young, the marginalized and the hopeful of Nepal.
— Arnico Panday अरनिको पाँडे (@arnicopanday) February 8, 2023