×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य अहिलेसम्मकै महँगो

सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले इतिहासमै महँगोको रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि पुस १२ गते प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला २ रुपैयाँ बढेर १ लाख २२ हजार ४०० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ०८३.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्