×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

खोप केन्द्रमा भीडभाड नगरौँ : स्वास्थ्य मन्त्रालय

खोप केन्द्रमा भीडभाड नगरौँ : स्वास्थ्य मन्त्रालय

खोप केन्द्रमा भइरहेको अव्यवस्थित भीडभाडप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै खोप केन्द्रहरमा भीडभाड नगर्न आग्रह गर्दै आवश्यक्ताअनुसार स्वयम्सेवकहरु परिचालन गर्न आग्रह गरेको हो ।

साथै हाल चलिरहेका र शुरु हुने अभियानमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुनेगरि व्यवस्थापन गर्न सम्पूर्ण जिल्ला खोप समन्वय समितिहरु,जिल्ला स्वास्थ्य कार्यालय,स्थानीय निकाय र सबै सरोकारवालालाई मन्त्रालयले अनुरोध गरेको छ ।

साथै मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिमबाट जोगाउन सञ्चालन भइरहेको खोप अभियान सफल बनाउन स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्डहरुको पालनाको विषयको पालनालाई बृहत्तर बनाउन सरकारले आजदेखि २९ गतेसम्म राष्ट्रिय रुपमा नेपाल माक्स अभियान सञ्चालन गरेको छ ।

 
 

प्रतिकृया दिनुहोस्