×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दलहरूले समानुपातिक उम्मेदवारको नाम आजसम्म सच्याउन पाउने

दलहरूले समानुपातिक उम्मेदवारको नाम आजसम्म सच्याउन पाउने

काठमाडौँ-  समानुपातिक उम्मेदवारको नाम आजसम्ममा सच्याउन पाइने भएको छ । समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने भएका हुन् । नामावली सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा उपलब्ध गराइएको छ । 

केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउन पत्राचार गरिएको छ । सच्याएको विवरण आएपछि आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र प्रदान गर्नेछ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेस गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्