×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पदाधिकारीको नाम केन्द्रीय समितिमा पेश गर्नुअघि पूर्व स्थायी समितिका नेताहरुसँग छलफलमा प्रचण्ड

पदाधिकारीको नाम केन्द्रीय समितिमा पेश गर्नुअघि पूर्व स्थायी समितिका नेताहरुसँग छलफलमा प्रचण्ड

काठमाडौं- पार्टी पदाधिकारीबारे निर्णय लिन नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा पूर्वस्थायी समिति नेताहरुसँग छलफल गरिरहेका एक नेताले जानकारी दिए ।

यसअघि मंगलबार पनि अध्यक्ष प्रचण्डले आफ्नो निवासमा नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा आज ९बुधबार० बस्ने केन्द्रीय समितिको बैठकमा पदाधिकारी र स्थायी समिति घोषणा गर्ने निर्णय गर्दै त्यसको जिम्मा प्रचण्डलाई दिइएको थियो ।

माओवादीका एक नेताका अनुसार अध्यक्ष प्रचण्डले बुधबार पदाधिकारी र स्थायी समितिको नाम केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । त्यसअघि उनले पूर्वस्थायी समितिका नेताहरुसँग छलफल गरिरहेका हुन् ।

गत पुसमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको थियो । तर, अहिलेसम्म पनि पदाधिकारीसहित स्थायी समिति लगायतका कमिटी गठन हुन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस्