×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

शेयर बजारमा आज पनि १७ अंकको पहिरो, कारोबार रकममा झिनो सुधार

शेयर बजारमा आज पनि १७ अंकको पहिरो, कारोबार रकममा झिनो सुधार

साताको चौथो दिन पनि शेयर बजार परिसूचक नेप्सेमा रातो पोतिएको छ । शेयर बजार घट्दै गर्दा आज भने कारोबार रकममा झिनो सुधार आएको छ ।  

बुधबार शेयर बजार परिसूचक नेप्से १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकको विन्दुमा बन्द भएको छ ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ० दशमलव २८ अंकले घटेर ५२५ दशमलव २५ अंकको विन्दुमा बन्द भएको छ । 

बुधवार  एक करोड १६ लाख ६४ हजार २०७ कित्ता खरिद बिक्री हुँदा चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ । 

प्रतिकृया दिनुहोस्