×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रावलकाे प्रश्न- जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता छ ?

रावलकाे प्रश्न- जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता छ ?

काठमाडाैँ- नेकपा एमालेका सांसद भीमबहादुर रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता रहेको आशंका गरेका छन् । बिहीबार संसद्‌मा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले यस्ताे आशङ्का व्यक्त गरेका हुन् । उनले प्रश्न गरेका छन्-के सरकारकाे पनि धर्म परिवर्तन कार्यमा संलग्नता छ ?

हुन पनि पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसद्‌मा समेत आवाज उठिरहेको छ । नयाँ पाठ्यक्रमबारे शिक्षामन्त्रीलाई प्रश्न गर्दै उनले यसबारे प्रश्न र आशङ्का व्यक्त गरेका हुन् । पाठ्यक्रममा ‘ई’ भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरेका छन्-कहाँबाट आयो ईसा ?’

त्यसअघि उनले भनेका छन्, ‘पाठ्यक्रममा के लेखिएको रहेछ भने ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश ? मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएनरु कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ?, उनले सोधेका छन् । सरकार आफैँ संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइने छैन भन्ने लेख्ने, भित्र-भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ? जनतालाई यसको जवाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो ?’

प्रतिकृया दिनुहोस्