×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सलाह लिभरपुलमै, तीन वर्षको सम्झौता

सलाह लिभरपुलमै, तीन वर्षको सम्झौता

काठमाडौं-  इजिप्सियन फरवार्ड मोहम्मद सलाहले इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन् । क्लबले शुक्रबार सलाहले सम्झौता नवीकरण गरेको जनाएको छ ।

सलाहले थप तीन वर्ष एनफिल्डमै रहने गरी सम्झौता नवीकरण गरेका हुन् । ३० वर्षीय सलाह २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए ।

लिभरपुलका लागि २ सय ५४ खेल १ सय ५६ गोल गरेका सलाहले क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप दिलाएका छन् ।

प्रतिकृया दिनुहोस्