काठमाडौँ- प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । एमाले नागरिकताको विषय खुकुलो बनाउनु हुँदैन भन्ने पक्षमा भएको भएपनि संसद्बाट बहुमतले पारित गरेको बताए । विदेशी महिलाले सिन्दूर हाल्ने बित्तिकै नागरिकता पाउने प्रावधानप्रति एमालेको आपत्ति रहेको उनले बताए ।
नागरिकता विधेयकले वैवाहिक अंगीकृतलाई नागरिकता दिने व्यवस्थाले सबैभन्दा बढी मधेसमा जनसंख्या वृद्धि हुने र पछि देशमाथि नै हस्तक्षेप बढ्न सक्ने खतरा रहेको उनको भनाइ छ । ‘विशेषगरि मधेसमा बिहे गरेर आउने भारतीय महिलाहरूलाई तुरुन्तै नागरिकता दिनुपर्ने हुन्छ’, उनले भने, ‘यसरी रैथाने मधेसवासी नेपाली कम हुँदै जाने र कालान्तरमा भारत समर्थितहरूको जनसंख्या बढ्छ । पछि नेपाली भूमि कब्जा गर्ने रणनीति हुनसक्छ ।’
उपाध्यक्ष ज्ञवालीले यो विधेयक प्रमाणीकरण गर्ने वा नगर्ने विषयमा राष्ट्रपतिले अध्ययन गरेर निर्णय लिनुपर्ने बताए । यो विषयमा एमालेले आधिकारिक निर्णय नगरेको भएपनि नागरिकता विधेयकका विषयमा राष्ट्रपतिले सचेत हुनुपर्ने उनको भनाइ छ ।
यस्तै अर्को प्रसङ्गमा बोल्दै उपाध्यक्ष ज्ञवालीले काङ्ग्रेसलाई छोडेर आए मात्रै माओवादी र एकीकृत समाजवादीसँग एकता हुनसक्ने बताएका छन् । उनले बाम एकता अहिलेको आवश्यकता पनि रहेको बताए ।