भरतपुर- पूर्वमन्त्री विक्रम पाण्डेले गाईको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । देवघाटको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आयोजित सामुहिक गौ पुजन एवम् त्रिदिवसीय गौँ कथा महोत्सवमा सहभागि बन्नुभएका उहाँले गाईको हेरचाह र संरक्षण गर्न राज्यतहबाटै विशेष कार्यक्रमहरु ल्याइनुपर्नेमा जोड दिनुभयो ।
उहाँले धर्म, संस्कृति जगेर्ना गर्न राज्यलाई घच्घच्याउनुपर्ने बताउनुभयो । गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईहरु लोप हुने अवस्थामा पुगेपछि गौ संरक्षण केन्द्रले गाईहरु पाल्दै आएको छ ।