×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यान अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा रहेको किक्रेट एकेडेमी उद्घाटन

काठमाडौं - काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा औपचारीक उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा क्यानका अन्य पदाधीकारी, राष्टिय किक्रेट खेलाडी आशिफ सेख लगायत किक्रेटसंग सरोकार राख्ने ब्यक्तिहरुको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यानका अध्यक्ष चन्दले नेपालको क्रिकेट विकासमा क्रिकेट एकेडेमीहरुले महत्वपुर्ण योगदान पुर्याउने बताए । नेपालमा क्रिकेटको विकासका लागि निजि क्षेत्र पनि अघि बढ्नुलाई क्यानले सकारात्मक रुपमा लिएको समेत उनले बताए । क्रिकेट विकासका लागि सरकारले अझै ध्यान दिनुपर्ने उनको भनाई थियो ।

पछिल्लो समय नेपालमा क्रिकेटको श्वर्णिम युगको सुरुवात भएको समेत अध्यक्ष चन्दले बताए ।

नेपालमा क्रिकेटको सम्भावना उच्च रहेको भन्दै उनले यसको विकासका लागि सरकार र निजि क्षेत्र संगसंगै अघि बढ्नुपर्ने बताए ।

नेपालको समग्र क्रिकेट विकासका लागि सपनामाथिको लगानीका रुपमा काठमाडौं किक्रेट एकेडेमी अघि बढेको संचालकको भनाई छ ।

एकेडेमीले क्रिकेटको अभ्यासका लागि सुविधा सम्पन्न आउटडोर र इनडोर खेल मैदानको व्यवस्था गरेको छ ।

एकेडेमीको मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक जगत तमटा रहेका छन् । उनकाअनुसार काठमाडौं किक्रेट एकेडेमीमा राष्ट्रिय खेलाडीहरुले समेत अभ्यास गर्न सक्ने गरी पुर्वाधारहरु बनाइएको छ ।

प्रतिकृया दिनुहोस्