दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान सुरु भएको छ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा केहीबेर अगाडि मतदान सुरु भएको हो।
मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। एक जना सदस्य चयन गर्न उपनिर्वाचन हुन थालेको हो।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन हुन लागेको छ।
जसका लागि एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच प्रतिस्पर्धा हुँदैछ।
मतदान दिउँसो ३ बजेसम्म हुनेछ।