काठमाडौं- यू–१९ विश्वकप क्रिकेटको एशियाली छनोट प्रतियोगितामा नेपालले आज यूएईसंग खेल्दैछ। नेपाल दोस्रो खेलमा यूएईको सामना गर्न लागेको हो।
पहिलो खेलमा नेपालले शुक्रबार कतारमाथि ७९ शानदार जित निकालेको थियो। नेपाल र यूएईबीचको खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे शुरु हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पहिलो पटक यू–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्न लागेको हो। यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुँदैछ।