काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रिय कार्यलय सानेपा आज बिहान ११ ३० बजे बस्नेगरी बैठक बोलाईएको हो ।
आज बस्ने भनिएको बैठकमा पूर्व मन्त्री एवं केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गरिने एक नेताले जानकारी दिएका छन्। जोशीको पार्थिव शरीरलाई अहिले १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने भएको छ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताल भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मीएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । जोशीको आजै पशुपतीस्थित आर्यघाटमा अन्तिम संस्कार हुने स्राेतले जानकारी दिएको छ ।