×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

गोरखामा भट्टको कमब्याक, जसपा अध्यक्ष बने

गोरखामा भट्टको कमब्याक, जसपा अध्यक्ष बने

पोखरा- जनता समाजवादी पार्टी (जसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन भएका छन् । सङ्गठन सुदृढीकरण जनजागरण कार्यक्रमका अवसरमा उनलाई अध्यक्ष तोकिएको हो । भट्ट तत्कालीन माओवादीका प्रभावशाली नेता हुन् । वरिष्ठ नेता तथा हालका जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले विद्रोह गरेर नयाँ शक्ति गठन गरेपछि उनी पार्टीमा निष्क्रिय बने । तत्कालीन समयमा उनलाई भट्टराई समूहमै गनिन्थ्यो । उनलाई लामो समयपछि जसपाको नेतृत्वबाट राजनीतिमा ब्याक गराइएको हो ।

राजनीति छोडेपछि उनी केही समय गाई पालनमा लागेका थिए । यसअघि जसपा गोरखाको अध्यक्षमा नारायण खत्री कार्यरत थिए । नेताहरू बाबुराम भट्टराई, हिसिला यामीलगायत यति बेला जिल्ला स्तरमा सङ्गठन विस्तारको काममा लागेका छन् ।

२०७१ सालमा एकीकृत नेकपा माओवादीमा विद्रोह गरेर वरिष्ठ नेता भट्टराईले गोरखामा समानान्तर कमिटी गठन गरेका थिए । तत्कालीन समानान्तर कमिटीमा भट्ट जिल्ला अध्यक्ष बनेका थिए । त्यसपछि भने उनको सक्रिय राजनीति थिएन ।

प्रतिकृया दिनुहोस्