काठमाडौं - कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । कोलम्बियालाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए ।
अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।
अर्जेन्टिनापछि उरुग्वेले १५औं पटक कोपा अमेरिका जितेको छ। ब्राजिलले यो उपाधि नौ पटक जित्दा पाराग्वे र चिलीले दुई/दुई पटक जितेका छन्।