×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

त्रिवेदी र अनेक कवि महिमा

त्रिवेदी र अनेक कवि महिमा

 वो तेरे मेरे इश्कका एक शायराना दौर सा था..

कौशर मुनिर। आहा, जति मिठो गीत त्यति नै मिठो नाम छ।

तपाईंको यो कविता कागजमा जति मिठो छ, त्यति नै मिठो अमित त्रिवेदीको परख छ। र उनीभन्दा सफल पारखी अरू कोही हुन पनि सक्दैन, जसले तपाईंको कवितालाई धुनले सम्मान गर्यो र अग्लो बनाइदियो। एउटा सुन्दर आत्मा भएको मान्छेको काम सुन्दरता खोज्नु हो। अझ भएको सुन्दरतालाई  नयाँ तरिकाले चाख्ने मान्छे झन् कस्तो होला। अनि त्यो स्वाद सबैलाई चखाउने मान्छे अमर्त्य आत्मा होला।

संसारमा धेरै काम छ, वृत्ति छ। कविता र संगीत वृत्ति मात्र होला र? अहँ, हुन सक्दैन। तिनीहरू जे छन् वृत्तिसँग अलिकति सम्बन्ध राखेर पनि वृत्तिभन्दा टाढा छन्। दार्शनिकको एउटा आँगन छ, राजनीतिको अर्को आँगन छ.. सबैको आ - आफ्नो आँगन छ। उभिएर हेर्नलाई कलाको आँगन कहाँ छ, चिच्याउनको लागि कविताको आँगन कहाँ छ, सुर र स्वर छेड्न सङ्गीतको आँगन कहाँ छ?

 चाहनाले भरिएको छ। त्यो आँगन अरू भन्दा फरक छ, केही विशिष्ट छ। फरक कुन मानेमा भने अरू सबै आँगनमा निष्कर्षहरु थुप्रिएका छन्, अनि ती निष्कर्षहरू सही साबित गरिछाड्ने रवाफ भएका पात्रहरू छन्। सबैभन्दा हाँसो लाग्ने कुरा त, ती निष्कर्षहरू सदावहार छन्। कविता र सङ्गीतको आँगन त्यस्तो होला र?

अवश्य हुँदैन। यहाँ परिणाममात्र अपेक्षा गरिन्न, परिणामहीनतालाई पनि स्वाद मानी मानी हेरिन्छ। कुनै निष्कर्षको अंगालोमा बन्धिँदैन। तर अरू आँगनहरूमा जस्तो निष्कर्षहरूलाई निष्कासित पनि गरिंदैनन्।

आकाशमा हिँडिरहेको आधा चन्द्रमाको एउटा विज्ञान होला, गुजुधुम्म परेर रिसाएको कालो बादलको अर्कै राजनीती होला , अचानक बहुलाएको बतासको कुनै अर्थ होला। कविता, के तँ यसको पछि दौडिन्छस् ? म्युजिक, के त यसलाई स्वार्थपूर्तिको लागि व्याख्या गरीबस्छस्?

कविता भन्छ - राजनीतिक वक्तव्यले सुन्दरतालाई दूषित गर्छ।

म्युजिक भन्छ - ए कविता, राजनीतीले सुन्दरतालाई दूषित गर्छ भन्ने राजनीतिक वक्तव्य बोलेर मुड खराब नगर न यार... हाहाहा।

माफ पाउँ है, अमित त्रिवेदी माथि नै छोडिनु भएछ। फेरि बोलाए हैं।

उम्, अमित त्रिवेदीजी हुनुहुन्छ वहाँ सौन्दर्यलाई खुब परख गर्नु हुन्छ वहाको  थुप्रै कविहरूसँग दोस्ती छ। तर वहाँलाई थाहा छैन होला, वहाँलाई मन नपराउने थुप्रै मान्छे छन्। वहाँको भावनालाई किन्न सक्ने बौद्धिक सम्पन्नता देखाउने मान्छे यहाँ धेरै छन्। तर तपाईंलाई यो पनि थाहा छ होला नि, तपाईंको भावना बुझ्ने प्रयत्न गर्छु म। तपाईंको भावना बुझ्न नचाहने जोकोहिलाई पनि म रुचाउँदिन चाहे त्यो तपाईंको नियमित श्रोता नै किन नहोस्।

हुन त सही नै हो अमित यार। होशवालों को खबर क्या बेखुदी क्या चीज है। यो बेखुदी मिहिनेत गरेर आउदैन । एक्कै चोटी चट्याङग आए जस्तो आाउँछ । मौसम ठीक छ . पर्यावरण शान्त तलाउ जस्तो छ । तर चट्याङग आउछ , अचानक, बेपरवाह , मुटु नै दुख्ने गरी।

सुनेको छू, सबै जना सर्कस हेर्न गएका छन्। दुई सय पचहतरले सर्कस देखाइरहेका छन्। त्यही भएर यहाँ कुरा सुन्ने कोही छैनन्।

तर पनि यहाँ बब  डिलनलाई चट्याङ हानि सक्यो। एउटा गहिरो चोट लागि सक्यो।

Darkness at the break of noon
Shadows even the silver spoon
The handmade blade, the child's ballon
Eclipses both the sun and moon.

वाह। क्या मिठो चोट लागेको। क्या मिठो दुःखेको। हो कि हैन अमित त्रिवेदी। केही पढैयाहरू आउन सक्छन्, हामीलाई यो भन्दा राम्रो लेख्न आउँछ। डीलन भन्छन्, There is no sense in trying.

त्यही भएर बहिरो भएर आफ्नो काम गर्दै बस भनेको। अरूको कुरा सुनेर फाइदा छैन। त्यही भएर विथोवनलाई खुब फाइदा भयो। हा हा हा....।

म तपाईंलाई सुनिरहेको छु, त्रिवेदी जी । म यही छू, तर मेरो हृदय कहाँ पुगिसक्यो हावामा उडेर। धुन र शब्दसँगै बतासिँदै। अरजक हुँदै यद्यपि अराजकताको सीमा ख्याल गर्दै।

गुन्गुनाउदै छु.. जिंदा हु यार काफी है। गीत सुन्न पाको छु, काफी हैं।

अहिले राति छ। यहाँ रातको बात हुँदै छ।

' बिखरनेका मुझको सौख हैं बढ़ा, समीटेगा मुझको तू बता जरा '

र रातको बातमा एकसुरले प्रवाह भइरहेछ त्रिवेणी र वरुण ग्रोभरको सौगात। कस्तो सरलता, सहजता र सम्मोहन युक्त पाहुनाहरु र उस्तै तिनका सौगात।

अहिलेको बेला भने पाहुनाहरू एक्कासी बढेको बेला हो। सबैले कोसेली त खुवाउँछन् तर स्वाद एकदम क्षणभङ्गुर हुन्छ। चकलेट खाए जस्तो। खाने बितिकै सकिने।

तर त्रिवेदी, ग्रोभर, मुनिर , डीलन जस्ता पाहुना सार्है कम छन्। जसको स्वाद जुनैबेला पनि मुखमा याद भैरहने, पोषण पनि लागिरहने। त्यही भएर यस्ता पाहुनाहरुलाई समयको घेराभित्र कैद गर्नै सकिँदैन। जब म सत्तरी वर्षको बुढो हुनेछु, त्यतिबेला पनि यो स्वाद रहिरहने छ।

म अमितलाई भेटेर यो कुरा भन्ने ठूलो रहर छ कि ' यार! कुछ लोग समय के पार होते हैं। मेरो लागि अमित त्रिवेदी त्यही नाम हो, समय तोडेर बाहिर निस्किने। मैले हिजो तपाईंलाई सुनिरहेको थिएँ, अहिले नी सुन्दैछु र निश्चिन्तताका साथ भोलि नी सुन्नेछु। '


की आर्टिस्टहरूको पूर्वजन्म पनि हुन्छ कि कतै? समयलाई नै तोड्न सक्ने भए पछि त पूर्वजन्म पनि देखेको हुनुपर्छ कि कतै। या यो मेरो गलत अनुमान हुन पनि सक्छ। तर मलाई यो कुरा गर्दै गर्दा गुल्जार साबको याद आयो। म्युजीसियनका प्रिय यारा गुल्जार साब।

मैले एकचोटि सपनामा गुल्जारसाब लाई भेटेको थिए। वहाँ मैनबत्तीको उज्यालोमा कविताको उज्यालो थपिरहनु भएको थियो।

मैंले अप्ठ्यारो मान्दै सोधे, " मान्छेको पूर्वजन्ममा विश्वास गर्नु हुन्छ कि हुँदैन?

वहाँको औंला रोकिए । कलम बन्द भयो र ताजा ताजा कवितामाथि थपक्क बस्यो। चश्मा बिस्तारी खोलेर मलाई गौर सँग हेर्नु भयो र भन्नु भयो

" पहिलो कुरा त, म विश्वास गर्नमा विश्वास गर्छु। सबैथोक जानेर, खोजेर साध्य हुँदैन र थाहा पाइँदैन पनि।
अनि, पुनर्जन्मको कुरा आयो। मलाई अरूको बारेमा त थाहा भएन, तर मेरो भने पुनर्जन्म भएको छ। पहिलो जन्ममा भन्न नसकेको कुरा यो जन्ममा भनिरहेको छु। "

जिंदगी के सफर में गुजर जाते हैं जो फना, वो फिर नही आते। वहा भनीरहनु भएको थियो ,छोरी मेघनालाई हेर्दै वहाँले आँसु खसाल्नु भो।

मैले वहाँको आँसु पुछ्ने धृष्टता गरे। वहाँ मुस्कराउदै भन्नु हुन्छ," छोडदेऊ कविहरुलाई आँसु बहुत सुहाउँछ। "

आँसुको आशिष राम्ररी लाग्छ सङ्गीतहरुलाई। अनि संगीत त्रिवेदीको जस्तो सुनिन्छ।

एकछिन है, त्रिवेदी - तारिफ धेरै भयो। मुनिर जी! चित्त नदुखाउनु होला। मैले तपाईंलाई सजग गराउन चाहन्छु, त्रिवेदी कस्ता मानिस हुन् भनेर। त्यही भएर त्रिवेदी सँगको निकटता नतोड्न अनुरोध गर्छु।

मलाई त शंका लाग्छ, कतै मुनिर जी मेटामर्फोसिस भएर त्रिवेदी त हुनुभएको हैन! या त्रिवेदीजी सबै कविहरूमा मेटामर्फोसिस त हुनुभएको हैन।

अन्त्यमा के भन्नुु हुन्छ त त्रिवेदी जी। मैले वहाँलाई प्रतक्ष्य भेटेको त छैन। तर उत्तरको शिलशिला यो हुन सक्छ," मेरो धेरै केही भन्नु छैन। तर यो मनलाई जतन गरेर चलाउ तर फारु गरेर नचलाउ । यहाँ एउटा किरण फुट्न आँटेको छ। अलिक बिस्तारो गरेर चलाउ । अब कसरी सम्झाउने कि मेरो मनमा जादू हुन आँट्यो। त्यहाँ अलिक पर्तिर आलोचकहरूको डेरा छ। ठूलो ठूलो आवाज आइरहेको छ, त्यहाँबाट। उनीहरूलाई पर्वाह छैन कि यहाँ कोही यस्तो मान्छे छ जो आफूभित्रको वेदनालाई असीम आनंदको साथ अनुभव गरिरहेको छ, लेखिरहेको छ, सुनाइरहेको छ। मलाई कहीँ जानु छैन। अन्धकारको साया ओढेर यति प्रज्ज्वलित कुरा जन्माईरहेको छु। उनीहरूलाई भनिदेऊ मेरो अन्धकारलाई धेरै घृणा नगर। "

                                                 ✍️ कञ्चन बस्नेत

 

प्रतिकृया दिनुहोस्