×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाल्पाको रामपुरमा पहिलो पटक रामसीता विवाह उत्सव

पाल्पाको रामपुरमा पहिलो पटक रामसीता विवाह उत्सव

काठमाडौं । पाल्पाको रामपुरमा पहिलो पटक रामसीता विवाह उत्सव मनाउन लागिएको छ । भगवान राम र सीता सम्वन्धी धेरै धार्मिकस्थलहरु रहेकाले रामसीताप्रति श्रद्धा र खुशीयाली व्यक्त गर्न रामसीता विवाह उत्सव मनाउन लागिएको रामपुर नगरपालिकाका मेयर रमण वहादुर थापाले जानकारी दिनुभयो ।

राम र सीता रामपुर क्षेत्रमा तीन महिनासम्म बसेको र रामसीता सम्वन्धी नेपालमा कहीँ नभएका केही धार्मिक महत्वका स्थलहरु रामपुरमा रहेको उहाँको दावी छ । नेपाली रेडियो नेटवर्कको पालिका वहसमा नगरप्रमुख थापाले धेरै धार्मिक ग्रन्धहरुमा रामपुरमा राम र सीता आएको आधार र प्रमाणहरुका बारेमा उल्लेख गरिएको बताउनु भयो । रामपुर नगर क्षेत्रमा, रामघाट, राममन्दीर, रामटार, सिताकुण्ड लगायतका राम र सीता सम्वन्धी दर्जनौ धार्मिकस्थलहरु रहेको जानकारी दिनुभयो ।

भोली मनाइने तयारी गरिएको रामसीता विवाह उत्सवमा स्थानीय कला संस्कृति झल्कीने गरी राम र सीताको विवाह सम्वन्धी विभिन्न कार्यक्रमहरु गर्न लागिएको उहाँले बताउनु भयो । रामसीता विवाह उत्साव मनाउन लागिएकोमा त्यस क्षेत्रका बाससिन्दा उत्साहित भएको पनि मेयर थापाको भनाई छ ।

प्रतिकृया दिनुहोस्