काठमाडौं- निर्वाचनको आयोगले स्याङ्जा–२ मा गणना सुरु गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगको आज (बुधबार) बसेको बैठकले पुनः मतदान गर्नुनपर्ने ठहर गर्दै मतगणना सुरु गर्न भनेको हो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
स्याङ्जा–२ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै अन्य दलले पुनः मतदानको माग गरेका थिए । त्यहाँ मृत्यु भइसकेका र विदेशिएका मानिसका नाममा पनि भोट हालिएको एमालेलगायतका दलले आरोप लगाएका थिए ।