×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विराजभक्त देखी स्वर्णीमलगायत सांसदलाई केन्द्रीय समितिमा लैजाने रास्वपाको तयारी

विराजभक्त देखी स्वर्णीमलगायत सांसदलाई केन्द्रीय समितिमा लैजाने रास्वपाको तयारी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि सांसदहरुलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको छ। रास्वपाले तेस्रो पटक केन्द्रिय समिति विस्तार गर्न लागेको हो केही सांसदहरूलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको हो।

‘हामी सांसदको जिम्मेवारीमा रहेका केहीलाई केन्द्रीय समितिमा लैजान सकारात्मक छौं, त्यसबारे छलफल भइरहेको छ,’ रास्वपा उपसभापति डोलप्रसाद (डिपी) अर्यालले  भने।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति सदस्यको जिम्मेवारीमा नरहेका १४ जनालाई नै थप्न प्रस्ताव आए पनि केहीलाई मात्रै लैजाने तयारी रहेको बताए।

‘संसदमा र पार्टीको संगठन निर्माण र परिचालनमा पुर्‍याएको योगदान हेरेर केन्द्रीय समितिमा लैजाने कि भनेर कुराकानी भएको हो, यसबारे थप छलफलचाहिँ भएको छैन,’ उनले  भने।

उनले पनि सबै सांसदलाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी भने नदिइने बताए।

२१ जना संघीय सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समितिमा छन्।

इन्दिरा रानामगर उपसभामुख छिन् भने १४ जना सांसद केन्द्रीय समितिभन्दा बाहिर रहेका छन्।

त्यसमध्ये तनहुँ-१ बाट उपचुनाव जितेका डा. स्वर्णिम वाग्ले, चितवन-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हरि ढकाल, काठमाडौं ८ बाट निर्वाचित तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, काठमाडौं-६ बाट निर्वाचित शिशिर खनाललाई केन्द्रीय समितिमा समेट्ने तयारी रहेको रास्वपाका नेता बताउँछन्।

त्यस्तै प्रमुख सचेतक सन्तोष परियार र मनिष झा पनि थपिने केन्द्रीय सदस्यको सूचीमा छन्।

पछिल्लोपटक गत फागनु १ गते रास्वपाले केन्द्रीय समितिमा १६ जना थपेको थियो। त्यतिबेला सांसदहरूसहित १०० जना प्रस्ताव गरिएको नेताहरूले बताए।

प्रतिकृया दिनुहोस्