×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरियो

अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी - अल नासर  एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

दोस्रो लिगमा अल नासरले ३–२ को नतिजा निकालेसँगै पहिलो लिगमा १–० गोलले हारेको आधारमा खेल ३–३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ४–३ गोलले सकियो र समग्रमा खेल ४–४ ले बराबरी भयो ।


त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३–१ ले हार्न पुग्यो ।

यो हारसँगै अल नासर एशियन च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ ।

प्रतिकृया दिनुहोस्