×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

नर्भिकका दुई विशेषज्ञ डाक्टरले एकैदिन फ्री ओपिडी चलाउने

नर्भिकका दुई विशेषज्ञ डाक्टरले एकैदिन फ्री ओपिडी चलाउने

काठमाडौँ- नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिबार(भोलि) दुई विशेषज्ञ डाक्टरहरूले निःशुल्क सेवा दिने भएका छन् । यो दिन बिरामीहरूले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपिडी सेवा पाउने भएका हुन् । नर्भिकका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिनेछन् ।

प्रा.डा. चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा. जोशीले १२ बजेदेखि २ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ । पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिक लगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाडजोर्नीसँग सम्बन्धित समस्या भएकाले डा.जोशीको निःशुल्क ओपिडी सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ । नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्