काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।
त्यसअघि बिहान ११ बजे शंखमुलस्थितमा केन्द्रीय सल्लाहकार परिषद् बैठक बस्ने भएको छ । एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो । एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन् ।
यसअघि बुधबारनै सत्ता गठबन्धनका दलहरूले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेका छन् ।