काठमाडौं - नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
मंगलबार (आज) नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो ।
एसमा स्थायी कमिटी सदस्य रहनुभएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएको थियो ।