काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले आफूहरूलाई केपी गुटले पार्टी सदस्यबाट निष्कासन गरियो भन्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् ।
सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले माधव कुमार नेपाल झलनाथ खनाल सहितका ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेसँगै रावलले यस्तो प्रतिक्रिया दिएका हुने । रावलले ओलीको यो कदमलाई फुटवादको निरन्तरता रहेको जिकिर गरेका छन् ।
उनले केपी आलीलाई राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउनेको संज्ञा दिँदै सामाजिक सञ्जाल ट्विटर मार्फत भने ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।