×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगको सिफारिस

हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगको सिफारिस

काठमाडौं- दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । दलित समुदायमाथि अपमान हुने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै आयोगले मन्त्रालयलाई सिफारिस गरेको हो ।

प्रमुख साम्पाङले सुरुमा ‘चमारे’ भनेर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा टिप्पणी गरेको भन्दै आयोगले एक विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । आयोगले उनलाई आत्मालोचना गरेर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेकोमा उनले पुनः आयोगमाथि नै प्रश्न उठाएपछि आयोगले कारबाहीका लागि सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्