×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घोषणापत्रमा समेट्न प्रविधिमार्फत् सुझाव लिँदै कांग्रेस

घोषणापत्रमा समेट्न प्रविधिमार्फत् सुझाव लिँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्रमा समेट्नका लागि प्रविधिमार्फत् सुझाव संकलन सुरु गरेको छ । कांग्रेस घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत् साताव्यापी सुझाव संकलन थालेको कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए ।

घोषणापत्र निर्माणका लागि आन्तरिक छलफलदेखि प्रत्यक्ष सम्वाद र सर्वाजनिक सम्वाद सुरु गरिसकेको उल्लेख गर्दै सबैको सुझाव लिने निर्णय गरेको शर्माले बताए। समितिले स्वदेश तथा विदेशमा रहेका कांग्रेसका समर्थक, शुभेच्छुक र आलोचक लगायत समस्त नेपालीलाई सुझावका लागि आह्वान गरेको हो ।

घोषणापत्र सुझाव समितिले ह्वाटसप, भाइबर, इमोमार्फत् मोबाइल नम्बर ९७४१७६३४१८ मा सुझाव दिन अपिल गरेको छ। त्यसैगरी, ९८८०२२३३५५ मा फोन गरेर सुझावलाई रेकर्ड गर्न सकिने बताएको छ । यसका साथै नेपाली कांग्रेसको आधिकारी फेसबुकपेज, इमेल ट्विटर लगायतका माध्यमबाट यही असोज १६ गते अपरान्ह ४ बजेभित्र सुझाव पठाइसक्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्